०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन नगरवासीसंग महासेठको अपिल

Logo
न्यूज मधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

जनकपुरधाम। जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले तीन चारदिन भित्रै जनकपुरधाममा निमार्ण गरिएको रामजानकी प्रतिमाले विश्व रेकर्ड बनाउनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन् ।

उनले समाजीक संजालमा आईरहेको विभिन्न किसीमको प्रतिक्रियाको जवाफ दिदै तीनचार दिन भित्रै विश्व रेकर्ड बनाएको प्रकाशन गरिने र यसमा सबैलाई ढुक्क हुन आग्रह गरे ।

उनले समाजीक संजाल माफर्तनै विज्ञप्ती जारी गर्दै केही आत्मरती निजि प्रयोजन प्राप्तीको कुन्ठा राख्ने बर्गदेखी हामी सचेत रहन आग्रह गर्दै जुन अभिप्रायले प्रतिमा निमार्ण गरियो त्यो अवश्यनै पुरा हुने बताए ।

उनले लेखेका छन् :जनकपुरधामले यसपालि फरक किसिमले आत्मियता देखायो फरक किसिमले आफ्नो इतिहास आफ्नो स्वाभिमान आफ्नो परिचयलाइ बिश्वजगतमा फैलायो ईतिहास रच्यो हामी केवल वहाहरुको साथमा साथ यो यात्रामा कदम नडगमगाइ अगाडी बढयौ र रामजानकी प्रतिमाले बिश्वरेकर्ड बनाउनेमा यहाहरु ढुक्क हुनुहुन अनुरोध छ तिनचार दिनभित्र यो प्रकाशन गरिने जानकारी अनुरोध समेत छ ।

अध्यक्ष महासेठले यसबाट कुण्ठित भएका केहि व्यक्तिले सामाजिक सन्जालमा अनर्गल प्रचारप्रसार गर्नुलाइ अन्यथा नलिएको बताउदै काम गरेको हरेक चीज जनताको विचमा राख्ने प्रतिवद्धता समेत जनाएका छन् ।

महासेठले प्रयोग गरिएको अन्नको संरक्षण गर्ने दायित्व सरोकारवालाले नै लिएको र यसमा साथ सहयोग गर्नुहुने सम्पूर्ण दाताहरुको नामावली रकम अन्नको यकिन परिमाण त्यहा चढाइएको जिन्सी लगायत सबैको फेहरिस्त रहेको त्यो सबै सार्वजनिक गरिने बताएका छन् ।

उनले जनकपुरधामको परिचयमा नया अध्याय थपिन गइरहेकोमा यस अभियानमा साथ दिने सम्पुर्ण नगरवासीका साथै सम्पुर्ण निकायहरुलाई धन्यवाद समेत ज्ञापन गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]