०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनमत पार्टीले बोलायो आन्दोलनकारीको बैठक

Logo
न्यूजमधेश प्रकाशित बुधबार, पुष ०४, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरूको बैठक बोलाएको छ।

बुधबार पार्टी अध्यक्ष डा. राउतले एक सूचना निकाल्दै काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयको सभा हलमा पुस ११ गते बिहान ११ बजे आन्दोलनकारीहरूको बैठक राखिएको जानकारी दिएका छन्।

बैठकमा आन्दोलनकारीका समस्या र तिनीहरुले भोग्नुपरेका मुद्दाका विषयमा छ्लफल हुने जनाएको छ।

उनले स्वराज आन्दोलन, किसान आन्दोलन र जनमत पार्टीको आन्दोलनका क्रममा आन्दोलनमा भाग लिएका तथा एक राति हिरासत बसेका र त्यसक्रममा कुनै किसिमका मुद्दा लागेकाहरूलाई बैठकमा सहभागी हुन आग्रह गरेका हुन् ।

डा.राउतले बैठकमा पार्टीभित्रका र बाहिरका दुवैखाले आन्दोलनकारीलाई बैठकमा सहभागी हुन् समेत आह्वान गरेका छन् ।

यस्तो छ सूचना !

जनमत पार्टीले जारी गरेको बैठक बारे सूचना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]