०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राहत सामग्री बोकेको ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, ९ घाइते

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

दाङ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्याक्टरदुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्याक्टरगएराति १० बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको रूकुम पश्चिम प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए।

दुर्घटनामा परी आठबिसकोट नगरपालिका – १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाही, सोही वडाको भईडाँडाका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट – ८ सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी भट्टराइले सेतोपाटीलाई बताए।

उनीहरूको शव नगर अस्पताल आठबिसकोटमा राखिएको छ।दुर्घटनामा अन्य ९ जना घाइते भएका छन्।

घाइतेहरूमा आठबिसकोट – ८ का ४१ वर्षीय खड्कबहादुर पुन, आठबिसकोट – १० का ३८ वर्षीय रमेश कार्की, आठबिसकोट – ८ का १४ वर्षीय दलबहादुर पुन, सोही ठाउँका ५६ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगबिर सार्की, ३६ वर्षीय जयबहादुर सार्की, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन छन् ।

दुर्घटना हुँदा उनीहरू उछिट्टिएर बाहिर पुगेको डिएसपीले भट्टराइले जानकारी दिए। उनीहरुको पनि नगर अस्पतालमा उपचार भइ रहेको प्रहरीले छ ।

घाइतेमध्ये तीन जनालाई बढी चोट लागेको तथा एकजनाको अवस्था गम्भीर रहेको डिएसपी भट्टराइले जानकारी दिए।

आठबिसकोट – १० को तिरीकोटको भित्री सडक खण्ड अन्तर्गत नगरपालिकाको कार्यालय राडीबाट भूकम्प पीडितहरुका लागि अस्थायी टहरा निर्माणका लागि जस्तापाता तथा राहत सामग्री ट्याक्टरमा लगिँदै थियो।

घुम्तिमा मोड्ने क्रममा ट्याक्टर सडकबाट अन्दाजी ३० मिटर तलको मोडमा खसेको डिएसपी भट्टराईले जानकारी दिए। दुर्घटना लगत्तै फरार भएका चालक आठबिसकोट – ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई बिहीबार बिहान १:५० बजे नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]