०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

अधिकार नदिए चाँडै सिंहदरबार घेर्न आउँछौँ : सभापति यादव

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष ०५, २०८०

जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद यादवले प्रदेशलाई अधिकारसम्पन्न नबनाए सिंहदरबार घेर्न आउने चेतावनी दिएका छन् ।उनले प्रदेशलाई अधिकार नदिएसम्म संघीयता बलियो नहुने दाबी गरे ।

बिहीबार कांग्रेसको मधेस प्रदेश सम्मेलनमा बोल्दै सभापति यादवले प्रदेशलाई अधिकार नदिएका कारण काम गर्न नसकेको बताए ।

‘प्रदेश सरकारसँग अधिकार छैन । संविधानले, कानुनले दिएको अधिकार पनि संघले अधिकार दिएको छैन । हामीले प्रधानमन्त्रीसँग पटक–पटक अधिकारका विषयमा कुरा गरेका छौँ । तर अधिकार पाएनौँ,’ उनले भने, ‘हामीसँग प्रहरी छैन । कर्मचारी छैनन् । यदि अब पनि प्रदेशलाई अधिकार नदिने हो भने हामी राजनीतिक प्रस्ताव पास गरेर सिंहदरबार घेर्न आउँछौँ ।’

उनले मधेसमा कांग्रेस कमजोर हुँदा नेपाली कांग्रेस कमजोर हुने र कांग्रेस कमजोर हुँदा देश नै कमजोर हुने स्थिति बन्ने गरेकाले मधेसलाई विशेष रुपले हेर्न पार्टीका नेताहरूलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]