०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

अवसरवादीहरुले जनकपुरधाममा जातीय द्धन्द फैलाउने खतरा बढाउदै

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

जनकपुरधाम ।केहि अवसरवादीहरुको कारण जनकपुरधाम जातीय द्धन्दमा फस्ने खतरा बढेको छ ।

जनकपुरधाममा भइरहेको एडीवी परियोजना अन्तरगतको सडकको काम अन्तरगत सडक फराकिलो गर्ने कार्यमा केहि कथित युवा अभियन्ता भनाउदोहरुले केहि जातीहरुले मन्दिरको पर्खाल हटाएर सडक फराकिलो गरिदै भनेर झुठो हल्ला फिजाएर जातीयकरण गरेको भन्दै द्धन्दमा फसाउने काम गरेको आरोप लागेको छ ।

भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जनकपुरधाममा बाकि रहेका सडकहरुलाई यथासिघ्र पुरा गर्ने अभिप्रायका साथ बाकि रहेका जानकी मन्दिरको पुर्वपटिको सडकलाई फराकिलो गर्ने क्रममा मन्दिरका पर्खाललाई केहि सारेर सडकलाई फराकिलो वनाउने कोशिस गरेपछि केहि युवा अभियन्ताहरुले त्यसलाई मुद्दा वनाएर समाजीक संजाललाई तताउने प्रयास गरेको छ ।

जानकी मन्दिरलाई वल्र्ड हेरिटेजमा सामेल गराउनका लागि चाहिने मापदण्डलाई मध्यनजर गर्दै सडक फराकिलो वनाउन गइरहेको जनकपुरधाम उपमाहानगरपालिकाका मेयर लालकिशोर साहले भने जानकी मन्दिरका साहायक महन्थ रोशन दाससंग सहकार्य र सहमती पश्चात नै जानकी मन्दिरको पर्खाललाई सारेर पुनः पर्खाल वनाउने सहमतीका साथ नै काम अगाडी बढाइएको मेयर साहको भनाई रहेको छ ।

यता जानकी मन्दिरका सहायक महन्थ रोशन दासले जनकपुरधामको मुख्य केन्द्रविन्दु नै रहेको जानकी मन्दिरको अगाडीको सडक नबनेकोले फोहरबाट उन्मुक्ति दिलाउनैका लागि सडक फराकिलो होस भन्ने अभिप्रायले पर्खाल सार्नका लागि सहमती गरिएको वताए । उनले यसमा कुनै किसीमको राजनीति नरहेको वताउदै विकासको काममा केहि न केहि विनाश हुने र पछि गएर शहर पनि सुन्दर हुने भएकोले विकासको काममा राजनीति गर्नु नहुने वताए ।

जानकी मन्दिर अगाडीको सडकलाई फराकिलो वनाउने क्रममा केहि कथित अभियन्ताहरुले समाजीक सदभाव विगार्ने प्रयास गरेपछि मधेश अधिकार संघर्ष समििितका संयोजक धर्मेन्द्र कुमार साहले आपती जनाएका छन । उनले समाजीक संजालमा प्रतिक्रिया जनाउदै केहि युवाहरुले समाजीक सदभाव विगार्ने प्रयास गरेको आरोप लगाएका छन । उनले भनेका छन ः राम मन्दिरको पर्खाल तोडिदा र सडक वनाउनै कै क्रममा गोरधोई पोखरीलाई आधा जती पुरिदा त्यस्ता अभियन्ता भनाउदाहरु काहा थिए ।जनकपुरधामका सयौ विघा गुठीका जग्गाहरु भुमाफियाका चक्करमा विलिन हुदा अभियन्ताहरु कता हराएको भनेर प्रश्न समेत गरेका छन ।

जनकपुरधामको विकास निमार्णको क्रममा जनकपुरधामका नगरवासी देखि लिएर व्यवसायीहरुको करोडौको क्षति भएको छ तर त्यस क्षतिमा एकल जातीको क्षति भएको भन्दै आवाज सम्म नउठाएका अभियन्ता भनाउदाहरुले मन्दिरबाट केहि अभियन्ताहरुको खाई पाई आउनेमा कमी हुन गइरहेकोले मन्दिरको अगाडी भईरहेको विकास निमार्णमा विरोध जनाएर जातीय द्धन्द फैलाउने खतरा वढाउदै लगेको आरोप लगाइएको छ । साभार: CIN Nepal

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]