०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

राजविराजबाट ११ दिनदेखि बेपत्ता रहेका देव घर फर्किए

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष ०७, २०८०

राजविराज । सप्तरीको राजविराज नगरपालिका -५ घर भएका १७ वर्षीय गिरिष देव ११ दिनपछि घर फर्किएको छ।

उनले ११ दिन अगाडि घरबाट कोचिङ पढ्न भनी हिँडेका थिए। देव ११ दिनमा शनिवार घर फर्केका छन् । गिरिश बेपत्ता भएको दसौँ दिनमा शुक्रवार भारतीय नम्बरबाट परिवारको सम्पर्कमा आएका थिए ।

आफू पटनामा रहेको र भोलि फर्किन्छु भनेर अघिल्लो दिन फोन गरेका गिरिश शनिवार घर आइपुगेका हुन् ।

गिरिश घर फर्केपछि अभिभावकसहित शनिवार जिल्ला प्रहरी कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गरी परिवारको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले बताए ।उनको परिवारजनले गिरिशलाई खोजतलास गर्न सबैलाई हारगुहार गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]