०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

शहिदनगर नगरपालिकाका न्यायीक समितिले अन्याय गरेको आरोप

Logo
प्रकाशित शुक्रबार, भाद्र २७, २०७६

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका न्यायीक समितिले कुनै पार्टीका सदस्य भएकै कारण झुठा मुद्दा लगाएर फसाउने प्रयास गरेको आरोप लगाइएको छ ।

समाजवादी पार्टी शहिदनगर नगरपालिकाले जारी गरेको विज्ञप्तीमा शहिदनगर नगरपालिका का न्यायीक समितिले दोषीलाई बचाउन दोष्ीहरुसंग निवदेन लिई झुठा मुद्दा चलाई समाजवादी पार्टीमा लागेकै कारण पटक पटक प्रहरी पठाई निर्दोष व्यक्तिमाथि गर्दै आएको अन्यायको घोर भतर्सना गरेको छ ।

जारी विज्ञप्तीमा शहिदनगर नगरपालिकाका वार्ड नं ८ विसरभोरा टोल वस्ने गुरुदेव दास तत्माको छोरा श्याम दास तत्मालाई समाजवादी पार्टीकै कार्यकता भएको कारण साउन २० गते राती आठवजेको को समयमा नेकपाका कार्यकर्ताहरुले घरमा गई पिटपाट गरेको र पिटपाटमा संलग्न नेकपाका सोहि वार्डमा वस्ने पाण्डव कुर्मी,रामचन्द्र दास तत्मा,राजा राम दास र रविन दास तत्मा समेतमाथि न्यायीक समितिमा उजुरी दिन जादा श्याम दासको उजुरी नलिएर उल्टै दोषीहरुको उजुरी लिएर न्यायीक समितिले पार्टीको चस्मा बाट हेरी सत्य तथ्य पता नलगाई राजनीतिक प्रतिसोध साध्ने प्रयास गरिएको उल्लेख गरिएको छ ।

न्यायीक समितिको मुल उदेश्य नगर भित्रको जनतालाई सर्वसुलभ काखापाखा नगरि न्याय प्रदान गर्ने उदेश्य प्राप्तीको लागि न्यायीक समितिको परिकल्पना र स्थानिय सरकार संचालन ऐन २०७४ को मुल्य र मान्यता विपरित संचालन भइरहेको न्यायीक समितिको घोर भत्र्सना समेत पार्टीले गरेको छ ।

साथै न्यायीक समितिले समाजवादी पार्टीमा लागेको सर्वसाधारण जनतालाई पुनः यस्तै गरी दुख दिए समाजवादी पार्टी चुप लागेर नबस्ने चेतावनी दिदै यस्तै रहे वाध्य भएर आन्दोलनमा जान प्रतिवद्ध हुने नगर उपाध्यक्ष रामसुन्दर यादव,जीवन कुमार रोहिता र मनोज कुमार यादवद्धारा संयुक्त विज्ञप्तीमा जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]