२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरबाट कोसेली जादैन : महन्त दास

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०९, २०८०

जनकपुरधाम । भारतको उत्तर प्रदेशमा पर्ने अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर नजाने जानकी मन्दिरका मुख्य महन्त रामतपेश्वर दासले बताएका छन् ।

जानकी मन्दिरकै सहायक महन्त रामरोषण दासले दुई दिन अगाडी पत्रकार सम्मेलन गरी राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने बताएका थिए । उनले कोसेली व्यवस्थापनका लागि ११ सय सदस्यीय समिति समेत बनाएको बताएका थिए ।

उनले दिएको जानकारी अनुसार समितिको संरक्षकमा मुख्य महन्त रामतपेश्वर र जनकपुरधामका नगर प्रमुख मनोज साह छन् । तर मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली लिएर जाने विषयमा आफूलाई जानकारी नभएको दावी गरे ।

उनले भने, ‘राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउन सम्भव छैन् । रामरोषण मेरै शिष्य हो । तर उनले कसरी कोसेली लिएर जाने कुरा गर्यो मलाई थाहा छैन् । जानकी मन्दिरबाट कोसेली जादैन् । सम्भव पनि छैन् ।’

मुख्य महन्त रामतपेश्वरले राम मन्दिरको प्राण प्रतिष्ठामा कडा सुरक्षा हुने भएकाले कोसेली लिएर गएपनि कुनै वास्ता नगर्ने बताए । उनले भने, ‘कोसेली लिएर नजान पनि भन्दिनँ । यदि जान्छ भने उसैले जानोस् ।’

जानकी मन्दिरको मुख्य महन्त रामतपेश्वर रहे पनि मन्दिरको प्रायः हरेक काम सहायक महन्त रामरोषणले नै गर्छन् । तर राम मन्दिरको प्राण प्रतिष्ठामा कोसेली पठाउने विषयमा मुख्य महन्त र सहायक महन्तबीच विवाद देखिएको छ ।

लामो संघर्षपछि अयोध्यामा भगवान श्रीरामको विशाल मन्दिर निर्माण भएको छ । मन्दिरको प्राण प्रतिष्ठा जनवरी २२ अर्थात् माघ ८ मा हुँदैछ ।

जनकपुरधाम भगवान श्रीरामको ससुराल र माती जानकीको जन्मभूमि रहेकाले यहाँबाट प्राण प्रतिष्ठामा कोसेली लिएर जाने जानकी मन्दिरका सहायक महन्त रामरोषणको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]