०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मिर्चैया प्रहरी एक्सनमा : होटलहरूमा लगातार छापा, दुई होटलबाट ६ जना पक्राउ

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष १२, २०८०

सिरहा । मिर्चैयाका होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासोपछि मिर्चैया प्रहरी एक्सनमा आएको छ । प्रहरीले हिजोदेखि लगातार होटलहरूमा छापा र निगरानी गरिरहेको छ ।

छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट बुधबार ६ जनालाई पक्राउ पनि गरेको छ । ओखलढुंगे होटलबाट दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति २ पुरुष र २ महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । होटलहरूमा निगरानी बढाएको भन्दै गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]