२३ फाल्गुण २०८१, शनिबार
08-03-2025 , Sat
×

सहिदनगर : जनमतको दोस्रो वडा अधिवेशनबाट अध्यक्षमा साह चयन

Logo
न्यूज मधेश प्रकाशित शनिबार, पुष २१, २०८०

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको सहिदनगर नगरपालिका -३ मा दोस्रो वडा अधिवेशन सप्पन्न भएको छ।

शुक्रबार यदुकुहा बजारमा आयोजित दोस्रो वडा अधिवेशन कार्यक्रम जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न भएका हुन।सो अधिवेशनबाट कपिल देव साहको नेतृत्वमा २१ सदस्यीय वडा समिति गठन गरिएको हो।

वडा समितिका उपाध्यक्षमा राजाराम साह,महिला उपाध्यक्षमा कौशिला साफी ,सचिवमा ओम प्रकाश यादव र लक्ष्मण यादव,कोषाध्यक्षमा राधा यादव रहेको छ।

त्यसैगरी,समितिको सदस्यमा रामपरी देवी,जानकी देवी दास,शैली लाल यादव,बिगा महरा,सुरेश महरा,झोली मण्डल ,अनिता देवी साह,बद्री महतोसहित २१ सदस्यीय वडा समिति अधिवेशनबाट पारित भएको छ।

उक्त अधिवेशन गराउन जनमत पार्टी धनुषाले पर्यवेक्षक खटाएको छ।त्यसैअनुरूप सहिदनगर नगरपालिकाका पर्यवेक्षकमा धनिक लाल कापरलाई दिएको थिए।कापरले अधिवेशन हुनुभन्दा एक हप्ता अगाडिबाट वडामा पार्टीको सदस्यता वितरण समेत गरेका जनमत पार्टी धनुषा अधिवेशन सचिवालयका संयोजक बिरेन्द्र यादवले बताए ।

उनका अनुसार सो अधिवेशनमा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजीत यादव,पार्टीका नेता जित यादव,लक्ष्मेश्वर यादवसहितका नेताकार्यकर्ताहरुको उपस्थितिमा दोस्रो वडा अधिवेशन सम्पन्न भएको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, दिपेन्द्र यादव: सिराहाको बढियारपट्टि गाउँपालिका वडा नम्बर ४ सोपुरस्थित श्री बराकी आधारभूत विद्यालयमा ९ कोठे भवन जनमत पार्टीकी प्रतिनिधि सभा सांसद माननीय विनिता कुमारी सिंह ज्यूद्वारा शिलानास भएको छ। सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत सघन सहरी भवन निर्माण आयोजना सप्तरीबाट सञ्चालन हुने उक्त आयोजना करिब ५२ लाखमा टेन्डर लागेको […]

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]