०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

सिरहा कारागारमा कांग्रेसको फोहोर राजनीति, यसकारण ढाकछोप गरिँदैछ कुटपिट घटना

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष २१, २०८०

सिरहा । कारागार कार्यालय सिरहामा गत बुधबार विवाद भयो । विवादले झडपको रूप लिँदा २० जना बढी घाइते भए । घाइतेमध्ये ३ जनालाई उपचारका लागि बाहिर ल्याइयो ।

जसमध्ये १ एक गम्भीर घाइते छन् । उनको विराटनगरमा उपचार भइरहेको छ । उनलाई २५ वटा टाका लागेको छ भने बाँकी २ जनाको सिरहा अस्पतालमा उपचार भइरहेको छ ।

हरेक वर्ष जाडोको बेला सरकारले कैदीहरूलाई सिरकका लागि ३५ सय उपलब्ध गराउने गर्छ भने हरेक महिना २४ सय दिने गर्छ । सिरक पनि नपाएको र हरेक महिना पाउने रकममा पनि अनियमितता भएको भन्दै आफूहरूले आवाज उठाउँदा कुटपिट भएको घाइतेहरूको आरोप छ ।

यसकारण यो घटना सिरहाका प्रशासन र सरोकारवालाका लागि लाजको र फस्ने विषय बनेको छ । त्यसैले अन्य घाइतेलाई कारागारभित्रै सामान्य उपचार गरि घटनालाई ढाकछोप गर्ने प्रयास जारी छ ।

घटनामा संलग्नलाई कारवाहीको साटो चौकिदारमाथि कारागारमा हस्तक्षेप भइरहेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र नै बुझायो ।

यतिमात्र होइन, ज्ञापनपत्रमार्फत् मिर्चैया नगरपालिकाका मेयर श्रवणकुमार यादवमाथि उनले कारागारमा राजनीति गरेकोलगायतका विभिन्न आरोप तरुण दलले लगाएको छ । यस विषयमा हामीले मेयर यादव र घाइतेहरूसँग कुरा गर्‍यौं ।

मेयर यादवले आफू पीडितलाई चिन्दा पनि नचिनेको र जनप्रतिनिधिको नाताले न्यायका लागि बोल्दा आफूलाई जोडेर कांग्रेसले राजनीति गरेको बताएका छन् । घाइतेहरूले पनि मेयर यादवलाई आफूहरू नामले चिन्ने भएपनि व्यक्तिगत चिनजान नभएको बताए ।

यसले के प्रष्ट पार्छ भने कांग्रेसले घटनालाई विषयान्तर गर्न ज्ञापनपत्र फण्डा गरेको देखिन्छ । कुटपिटको आरोप लागेका कारागारका चौकिदार कैलाश ठाकुर कांग्रेस निकट हुन् । श्रोतका अनुसार, कारागारमा चौकिदार, जेलर र प्रशासनको मिलेमतोमा महिनामा लाखौं अनियमितता हुन्छ ।

कांग्रेस निकट चौकिदार भएका कारण यसबाट कांग्रेसका स्थानीय नेताहरूलाई पनि आर्थिक लाभ भइरहेको र यसैकारण कांग्रेस घटनाको ढाकछोप गर्न तथा दोषीलाई संरक्षण दिन उद्दत देखिएको स्थानीय बुद्धिजीवीहरूको विश्लेषण छ ।

उनीहरूले कारागारमा राजनीतिक हिसाबले गलत गतिविधि गर्नेलाई अन्यत्र पठाएर सबैलाई मिलाएर राख्नसक्नेलाई चौकिदारको जिम्मा दिनुपर्ने सुझाव पनि दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]