०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिरहामा तरुण दलको अराजनीतिक गतिविधि, कांग्रेस नेता भन्छन् – अरविन्द मण्डल सभापति होइनन्

Logo
न्यूजमधेश प्रकाशित शनिबार, पुष २१, २०८०

सिरहा । नेपाली कांग्रेसको भातृ संगठन तरुण दल सिरहाले जिल्लामा अराजनीतिक गतिविधि गरिरहेको देखिएको छ । संगठनको आडमा यसले पछिल्लो समय विवादित गतिविधि गरिरहेको पाइएको हो ।

राजनीतिक संगठनले सुशासन र विधिको शासनको वकालत गर्नुपर्ने हो । तर, जिल्लाको संस्थापन पक्षका कांग्रेस नेता कुनै गलत काममा मुछिए, कांग्रेस निकट कार्यकर्ता कुनै गलत काम गरे तरुण दलले त्यसको विरोधमा कुनै न कुनै गतिविधि गरिरहन्छ ।

यो प्रवृत्ति फस्टाएको खासमा तबदेखि हो, जबदेखि अरविन्द मण्डल आफू सभापति भन्दै तरुण दलको एउटा समूह हाँक्न थाले । तरुण दलको मण्डलको समूहले गत शुक्रबार फेरि जिल्ला कारागार सिरहामा कांग्रेस निकट चौकिदार कैलाश ठाकुरको नेतृत्वमा भएको कैदीबन्दी कुटपिट घटनाको बचाउमा सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई ज्ञापनपत्र बुझायो ।

यो घटनामा संलग्नलाई कारवाहीको माग गर्नुपर्नेमा संरक्षण गरेको भन्दै कांग्रेसकै नेताले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति एवं क्षेत्र नम्बर ३ (ख) का प्रदेशसभा सदस्यका प्रत्यासी संजय प्रकाश यादवले कारागारको घटना निन्दनीय भएको र त्यसको संरक्षण गर्नु झन् आपत्तिजनक विषय भएको बताए ।

तरुण दलको सिरहाको आधिकारिक सभापति अरविन्द मण्डल नभई शरद राजा शाही भएको पनि उनले बताएका छन् । संगठन दुरुपयोग भइरहेको भन्दै आफूहरूको ध्यानाकर्षण भएको र यस घटनाको विषयमा बुझ्न भोलि आइतबार छलफल पनि बोलाइएको उनले जनाए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]