०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

बोराभित्र भेटिएका दुवै शवको पहिचान ४६ दिनपछि खुल्यो

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष २३, २०८०

भरतपुर । चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्टमुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ।

घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको पहिचान भएको हो। घर भारत भई भरतपुरमा व्यापार गरी बस्दै आएका उनीहरु नाताले श्रीमान श्रीमती रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरूको हत्यामा संलग्न पनि भारतीय नै रहेको खुलेको छ।

घटनामा संलग्नले सुरुमा श्रीमान् र त्यसपछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरामा बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव भेटिएको थियो।

घटनापछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), प्रदेश प्रहरी हेटौंडा र चितवन प्रहरीले संयुक्त अनुसन्धान गरेका थिए।

प्रहरीले अनुसन्धानका क्रममा दुई पटकसम्म मृतकको अनुहारको स्केच सार्वजनिक गरेको थियो।

यस घटनाबारे सोमबार नै चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिने भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]