०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

राष्ट्रपति भण्डारी दुर्ववहार गरेको मुद्दामा सबैजनालाई अदालतले दिए सफाइ

Logo
प्रकाशित आइतबार, भाद्र २९, २०७६

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीलाई दुर्व्यवहार तथा जानकी मन्दिरमा तोडफोड गरेको मुद्दा लागेका सबैजनालाई अदालतले सफाइ दिएको छ।जिल्ला अदालत धनुषाले मुद्दामा सुनवाइ गर्दै आइतबार सबै आरोपीलाई सफाइ दिएको हो।

जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कटुवालको एकल इजलासले आरोपीहरुमाथि अभियोग प्रमाणित नभएको भन्दै आठैजना आरोपीलाई सफाइ दिएको बताइएको छ।

प्राचिन स्मारक तोडफोड तथा राष्ट्रपति प्रकरणका आरोपी सुशील कर्ण, रामजी राय, नवीन यादव, सीता चौधरी, शीला झा, विमला साह, विवेकचन्द्र अधिकारी र अशोक प्रसैलाले घटना भएको झण्डै चार वर्षपछि सफाइ पाएका हुन्।

मधेश आन्दोलन चलिरहेको बेला २०७२ पौष १ गते रामजानकी विवाह महोत्सवको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुर पुगेको बेला आन्दोलनकारीहरुले दुर्व्यवहार गर्नुका साथै जानकी मन्दिरको गर्वगृहमा तोडफोड गरेको भन्दै जानकी मन्दिर र नेपाल सरकारले आठजनालाई आरोपी बनाउँदै जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।

एकल महिला जानकी मन्दिरभित्र प्रवेश गर्दा मन्दिर अशुद्ध भएको भन्दै स्थानीय आन्दोलनकारीले गंगाजलसमेत छर्किएका थिए। तत्कालीन सरकारले घटनाको निन्दा गर्दै गृहमन्त्रालयका तत्कालीन सहसचिव विनोद केसीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो।

समितिमा केसीसहित नेपाली प्रहरीका डिआइजी हेमन्तबहादुर पाल, सशस्त्र प्रहरी नायव महानिरीक्षक अरविन्द धिताल र अनुसन्धान निर्देशक यदुलाल खरेल सदस्य थिए। छानबिन समितिले पाँच सय पानाभन्दा बढीको आफ्नो प्रतिवेदन बुझाएको थियो।-नेपालसमय

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]