०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास

खुकुरी देखाउने व्यक्ति पक्राउ
Logo
न्यूजमधेश प्रकाशित मंगलबार, पुष २४, २०८०

जनकपुरधाम । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो।

पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल समेत भएको छ। यसरी भिडिओ भाइरल बनेपछि प्रहरीले मंगलबार साहलाई नियन्त्रणमा लिएको हो।

डिएसपी बस्नेतका अनुसार मिटरब्याजसम्बन्धी उजुरीमाथि जिल्ला प्रशासन कार्यालय सिरहामा दुई पक्षबीच छलफल चलिरहेको छ।

कामतीले आफ्नो घर मिटरब्याजीले बेचिदिएको भन्दै प्रशासन कार्यालयमा निवेदन दिएका थिए। त्यसबारे प्रशासनमा छलफल समेत भइरहेको थियो।

सोमबार कामती उक्त घरमा प्रवेश गर्न खोजेको डिएसपी बस्नेतले बताए। साह परिवारले भने उक्त घर किनेको बुझिएको बस्नेतले बताए।

‘कामतीले अर्कै साहुसँग ऋण लिएको भन्ने छ। ऋण लिँदा घर पास गरेर दिए, ऋण लामो समयसम्म फिर्ता नभएपछि साहुले घर बेचिदिएका रहेछन्,’ डिएसपी बस्नेतले भने, ‘त्यसैबीच सञ्जयकुमार घरमा जाँदा त्यो घटना भएको बुझिएको छ। हामीले छलफल गर्न कामतीलाई पनि बोलाएका छौं।’

बाँस काटिरहेको बेलामा उनीहरू पुगेको हुँदा खुकुरी देखाएको भिडिओमा देखिएको बयान दिएको पनि उनले बताए।
यसमा कति ऋण लिएको र कतिमा बेचेको भन्ने विवरण प्रहरीसँग नभएको उनले बताए।

मिटरब्याज आरोपीले कब्जा गरेर राखेको घर–घडेरी र जग्गामा जान खोज्दा आफूमाथि खुकुरी प्रहार गर्न खोजेको कामतीले बताए।

उनका अनुसार पैसा तिर्न नसक्दा मिटरब्याज आरोपी मझाउन टोलका सुरेश पजियारले एक बिघा एक कट्ठा खेत र डेढ कट्ठा घडेरी जिल्ला अदालतबाट डाक गराएर आफ्नो नाममा ल्याएका थिए।

तीमध्ये १० कट्ठा खेत र घरघडेरी पजियारले बेचिसकेका छन्।
घर समेत नरहेपछि कामती परिवार विस्थापित भएर जनकपुरमा डेरा लिएर बस्न थाले। कामतीले जग्गा बेचेर भएपनि पैसा तिर्ने बताउँदा समेत अदालतमा मुद्दा हालेर २०७८ सालमा घरजग्गा डाक लिलाम गरेर आफ्नो नाममा ल्याएको कामतीको भनाई छ।

‘कोरोना भाइरसको महामारीमा मेरो व्यवसाय धरासायी भयो। मैले पैसा तिर्छु भन्दा पनि उसले मेरो खेतमा लगाइएको पाँच लाखको रुखबिरुवा बेचिदिए र अदालतमा मुद्दा पनि हाले,’ उनले भने, ‘मेरो छिमेकी रामले लाठीको बलमा घर खाली गराएर भगाउँछु भनेर सुरेशबाट जग्गा किने र एक वर्षदेखि ताला लगाइदिए।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]