०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सीके राउतको प्रश्न: हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद ?

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष २६, २०८०

कैलाली । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी उनले माओवादीले गरेको जनयुद्धतर्फ सङ्केत यस्तो बताएका हुन् ।

‘यहाँहरूले हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ, त्यो कस्तो अधिकार हो हाम्रो ?’, उनको प्रश्न थियो ।

नेपालभित्र बोलिने सबै भाषा र पहिचानलाई सम्मान गर्नुपर्ने उनले बताए । तर, सरकारबाटै विभेद हुने गरेको राउतको आरोप छ ।

‘पुस १६ गते हामीले धोती लगाउँदा खोल्ने केही अरू कोही थिएनन्, प्रहरी थिए । सरकारले आफ्नै मन्त्रीलाई समात्ने, गठबन्धनको सरकारले गठबन्धन दलको नेतालाई समात्ने यस्तो पनि हुन्छ ?’, उनले भने।

उनले देशमा सुशासन गुम्दै गएको टिप्पणी गरे । ‘सुन काण्डदेखि बालुवाटार जग्गा, एनसेल सबै काण्ड छन्, कहाँ छ सुशासन ?’, उनले भने, ‘चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ ।’

उनले आफूहरू राजनैतिक अधिकारको लागि लडिरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]