२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

समाचार लेखेकै आधारमा पत्रकारमाथि निर्मम आक्रमण, आँखामा गम्भीर चोट

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, पुष २६, २०८०

रौतहट । समाचार लेखेको बिषयलाई लिएर रौतहटमा एक पत्रकारलाई मरणासन्न हुने गरी कुटपिट गरिएको छ ।

रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ९ मा बनाइएको सार्वजनिक प्रतिक्षालयलाई नीजि प्रयोजनको निम्ति प्रयोग गरिएको बिषयमा समाचार लेखेको भन्दै पत्रकार अशोक यादवलाई कुटपिट गरिएको हो ।

पत्रकार यादवलाई प्रतिक्षालय नीजि प्रयोजनको जि.नम्ति प्रयोग गर्दै आएका स्थानीय पिपरा पोखरियाका जीतेन्द्र यादव, सिकिन्द्र यादव, छोटेलाल राय, प्रिन्स जयसवाल र समुन्द्र बिक्रम शाहले मरणासन्न हुने गरी कुटपिट गरेका हुन । पत्रकार साह मोटरसाइकलमा सवार रहेको बेला बाटो छेकेर कुटपिट गरिएको थियो ।

यसैबीच प्रेस चौतारी रौतहटले बिज्ञप्ति जारी गरी पत्रकार साहलाई कुटपिट गर्ने अपराधीलाई कडा कार्वाहीको माग गरेको छ । प्रेस चौतारी रौतटहका सचिव मनोजकुमार साहले आज बिज्ञिप्तीमार्फत पत्रकार कुटने अपराधीलाई पक्राउ गरी कडा कार्वाहीको माग गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]