०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

मधेस प्रदेश: चोरी रोक्न सामुदायिक गस्ती

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ०४, २०८०

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका–८ का बासिन्दाहरू चोरी र डकैती रोक्न अत्यधिक चिसोमा पनि रातभर जाग्राम बस्न बाध्य छन् ।वडा नं. ८ सहसरामका पूर्ववडाध्यक्ष राधेश्याम तिवारीले चोरी, डकैतीका घटनाहरू बढ्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य रहेको बताउनुभयो ।

उहाँले चिसो मौसममा शीत तपतप चुहिरहेको भए पनि आफूहरू हातमा लट्ठी लिएर रातभरि घुम्दै फिर्दै ‘जगले रहब’ जागै बसौँ भन्दै टोल टोल घुम्न बाध्य रहेको बताउनुभयो । उहाँले यो कार्यमा कट्टीकटैया प्रहरी चौकीका प्रहरीले समेत साथ दिइरहेको बताउँदै उहाँले दुई हप्तादेखि निरन्तर रूपमा जाग्राम बस्न थालेपछि वडामा चोरी डकैतीको घटना रोकिएको बताउनुभयो ।

दुई हप्ताअगाडि मात्रै रामचन्द्र तिवारीसहित तीन घरबाट डाँका समूहले लाखौँको लुटपाट गरेको तथा केही घरमा चोरीसमेत हुन थालेपछि चोरी रोक्न जाग्राम बस्नुपरेको पूर्ववडाध्यक्ष तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “वडाको सुरक्षार्थ हरेक टोलका युवा आआफ्नो समूह बनाएर प्रहरीको समेत संलग्नतामा रातभरि गस्ती गर्ने गरेका छौँ, त्यसैले अहिले वडामा चोरी डकैतीका घटना रोकिएको छ ।’’ गस्तीका कारण सो वडामा चोरी डकैती रोकिएपछि अन्य वडामा चोरीका घटना बढ्न थालेका छन् । हालै मात्र वडा नं. ७ झिङ्गाथान पछबारी टोलबाट लाखौँको धनमाल लुटपाट भएको छ ।

पुस २६ गते मध्यरात घरेलु हतियारसहित पाँच जनाको सङ्ख्यामा आएका नकाबधारी समूहले बैजु साहको घरमा लुटपाट गरे । समूहले घरका दुई जना महिला र चार जना केटाकेटीलाई कोठाभित्र थुनेर आठ/नौ तोला सुनचाँदीका गहना, नगद ५० हजार गरी करिब १० लाख रुपियाँभन्दा बढीको धनमाल लुटेको पीडितले जनाएका छन् ।

महोत्तरीमा कात्तिकयता चार वटा डकैतीका घटना भइसकेका छन् भने चोरीको घटना दर्जनौँभन्दा बढी छन् । प्रहरीले डकैतीको घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई गोली प्रहार गरेर पव्रmाउ गर्न सफल भएको जनाएको छ ।

कात्तिक २० गते सोमबार जिल्लाको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हतियारसहितको समूहले लुटपाट गरेको थियो । मूल ढोका फुटाएर करिब छ÷सात जनाको समूहमा घरभित्र छिरेका लुटेराहरूले ४० तोला सुनका गहना, ४५ तोला चाँदीको गहना, मोबाइल र नगद एक लाख ७५ हजार रुपियाँ चोरी गरेको थियो ।

डाका समूहको कुटपिटबाट घरधनी ७५ वर्षीय भुवनेश्वर चौधरी, उनकी श्रीमती ७० वर्षीय शैलदेवी चौधरी, भुवनेश्वरका छोरा ५३ वर्षीय जयकिशोर चौधरी र जयकिशोरकी श्रीमती ५० वर्षीय खिमा चौधरी घाइते भएका थिए ।-गोरखापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]