०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिडिओ कार्यालयमै मिटरब्याज ऋणीद्वारा साहुमाथि भौतिक आक्रमण

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ०४, २०८०

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहामा मिटरब्याज ऋणीकाे एक समूहले एक साहु (महाजन)लाई कुटपिट तथा दुर्व्यवहार गरेका छन् ।

सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरुको समूहले कुटपिट गरेको हो । गोइतको टाउको फुटेको छ । उनी कानूनी व्यवसायी रहेको बुझिएको छ ।

मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि उनीहरुलाई प्रशासनले छलफलका लागि बोलाएका बेला घटना भएको हो । छलफल अगावै गोइतलाई अमरसहितका व्यक्तिहरु कुटपिट गरेको सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले जानकारी दिए ।

उनले भने, ‘तीन/चार जना मिलेर कानून व्यवसायी गोइतलाई कुटपिट गरेको थियो । उहाँ प्राथमिक उपचार गराएर घर गइसक्नुभयो । अमरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]