२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

आन्दोलनका लागि तयार हुनुपर्छ : डा.सीके राउत

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ ०५, २०८०

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अधिकार अझै नपाएको भन्दै आन्दोलनका लागि तयार हुनुपर्ने बताएका छन् ।

सिरहाको लहानस्थित शहिद रमेश महतोको शालिकमा माल्यार्पण र श्रद्धाजली दिदै उनले भने, ‘रमेश महतो सहादत दिएको १७ वर्ष वित्यो । संघीयता आयो । तर अधिकार पाएनौं । विभेद पनि कायमै छ । त्यसैले जनमत पार्टी संघर्षका लागि तयार छ । मधेशी जनता पनि तयार हुनुपर्छ ।’

‘मेचीदेखि महाकालीसम्म २२–२४ जिल्लाको समग्र मधेश एक प्रदेशका लागि आन्दोलन भएको थियो’, अध्यक्ष डा राउतले भने, ‘तर ८ जिल्लामा सिमित गरियो ।’ उनले हरेक ठाउँमा विभेद कायम रहेको र जनमत पार्टी मात्र विरोध गर्दै आएको बताए ।

डा. राउतले न्यायाधिश नियुक्ति र राष्ट्रियसभामा उम्मेदवार चयनमा समेत विभेद गरिएको बताए । मधेशबाट भोट लिने तर मधेशीलाई कतै ठाउँ नदिने दलहरुको प्रवृत्ति देखिएको उनको भनाइ छ ।

उनले भने, ‘न्यायाधिश नियुक्तिको पनि हामीले विरोध गरेका छौं । राष्ट्रियसभामा पनि उम्मेदवार उठाएका छौं । अब आन्दोलनको विकल्प छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]