०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

बोदे बर्साइन नगरपालिकाको मेयर आतेश सिंहद्वारा नाग पूजाको उदघाटन

Logo
प्रकाशित सोमबार, भाद्र ३०, २०७६

राजविराज । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख अतिथिमा वडा नम्बर ९ स्थित नागपूजा को उदघाटन पश्चात विभिन्न विधी विधान अनुसार पूजा पाठ सम्पन्न भएको छ ।

पूर्णिमाको अवसर पारेर भदौ २९ गते विशेष पूजा गरी नागपूजा सम्पन्न गरेको पूजा समितिका सचिव रामविलास यादवले जानकारी दिए ।

नाग देवता, कृष्ण लगायतका देवताहरुको प्रतिमा बनाई प्रत्येक वर्ष उक्त वडामा पूजा गर्दै आएको स्थानीयहरु बताउँछन् ।

हरेक वर्ष यस किसिमका विशेष पूजा गर्नाले सो वडाका वासिहरुलाई सर्पले नटोक्ने जनविश्वास रहदै आएको वडा अध्यक्ष तपसी यादवले जानकारी दिए । उक्त क्षेत्रमा प्रतिमालाई पुज्ने दिन ठुलो मेला लाग्ने गरेको छ ।

उक्त मेला हेर्न भारतीय सिमा क्षेत्रमा रहेका गाउँहरुबाट समेत हजारौ श्रद्धालु भक्तजनहरु आउने गरेको छ । मेलाको आयोजना गर्न ५ लाख खर्च भएको मेला आयोजक समितिले जनाएको छ ।

उक्त मेलामा १७ लाख सम्मको कारोवार भएको समेत नाग बाबा मेला समितिले जनकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]