०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

‘बेटी बचाऊ‚ बेटी पढाऊ’मा भ्रष्टाचार : तत्कालीन प्रदेशसचिव र सिडिई दोषी

Logo
न्यूजमधेश प्रकाशित बिहिबार, माघ ११, २०८०

काठमाडौं । मधेश प्रदेश सरकारले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा भएको भ्रष्टाचार काण्डमा तत्कालीन प्रदेशसचिव यामप्रसाद भुसाल र सिडिई भगवान झा दोषी ठहर भएका छन्।

विशेष अदालतले उनीहरुलाई १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको मुद्दामा दोषी ठहर गर्दै ३/३ महिना कैद सजाय सुनाएको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले उनीहरुलाई जनही १० हजार रुपैयाँ जरिबानासमेत गरेको छ।

बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका अन्य ८ जनाले भने सफाइ पाएको उपरजिष्ट्रार कार्कीले बताए।

कार्यक्रम अन्तर्गत कम्पनी नखुलाई साइकल किनेर ३ महिनादेखि गोदाममा राखेको र अनियमितता भएको भन्दै परेको उजुरीमाथि अनुसन्धान गरी १० जनालाई प्रतिवादी बनाउँदै अख्तियारले गत वर्ष साउन १८ गते मुद्दा दायर गरेको थियो।

सहलेखापाल राजाराम मण्डल,जिन्सी शाखाका शाखा अधिकृत रामस्वार्थ महतो र भण्डार शाखाका खरिदार जितमोहनकुमार दास, बोलपत्र मूल्यांकन समितिका अध्यक्ष दिलीपकुमार प्रधान र सदस्य सचिव सुरेन्द्रकुमार कर्णसहितले सफाइ पाएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]