२५ चैत्र २०८१, बुधबार
09-04-2025 , Wed
×

सर्लाहीमा १६ वर्षीया किशोरी मृत भेटिइन्

Logo
न्यूजमधेश प्रकाशित शुक्रबार, माघ १२, २०८०

जनकपुरधाम । सर्लाहीको लालबन्दीमा कक्षा १२ मा पढ्दै गरेकी १६ वर्षीया एक किशोरीको शव फेला परेको छ।

लालबन्दी- १६ परवानीपुर निवासी ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्। उनले आत्महत्या गरेको आशंका गरिएको छ।

‘उनी आफ्नै कोठामा सलको पासोमा झुन्डिएको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिवोल केसीले भने, ‘शव अहिले हाम्रो कार्यालयमा ल्याइएको छ। अब पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउँछौँ।’

प्रहरीका अनुसार किशोरीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन्। ‘त्यसपछि हामीलाई खबर भएको हो,’ केसीले भने, ‘हामीले घटनाको थप अनुसन्धान सुरु गरेका छौँ।’

अन्जली लालबन्दीस्थित जनज्योती माविकी विद्यार्थी हुन्। उनले कक्षा १२ मा पढ्दै आएकी थिइन्। उनले आत्महत्या गर्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]