१८ चैत्र २०८१, बुधबार
02-04-2025 , Wed
×

सभामुख क्रिकेट कप ः ३३ रनले धनुषा विजयी

Logo
न्यूजमधेश प्रकाशित मंगलबार, माघ १६, २०८०

जनकपुरधाम । जनकपुरधाममा जारी सभामुख क्रिकेट कपमा धनुषा विजयी भएको छ । मंगलबार रामजानकी बहुउद्देश्य अन्तर्राष्ट्रिय रंगशालामा सप्तरीलाई ३३ रनले पराजित गर्दै धनुषा विजयी भएको हो ।

टस जितेर धनुषा टिम पहिला बलेबाजी गर्ने निर्णय गरेका थिए । निर्धारित ४० ओभरमा धनुषा टिम सबै विकेट गुमाएर एक सय ८३ रनको लक्ष्य सप्तरी समक्ष प्रस्तुत गरेका थिए ।

धनुषाका लागि सार्वधिक अलि असगरले ४४ बलमा ३४, साइमोन रोयले १९ बलमा ३३ र पशुराम यादवले ५७ बलमा २७ रनको योगदान दिए । आठ नम्बरमा ब्याटिङ गर्न आएका साइमोनले आक्रमक ब्याटिङ गर्दै टिमको स्कोर उच्च बनाएका थिए । उनले १९ बलको समाना गर्दा पाँच चौका र एक छक्का प्रहार गरे ।

ओपनर म्यान यादव टिमको २५ रन स्कोर हुँदा नै आउट भएका थिए । त्यसपछि ब्याटिङमा आएका पशुराम यादव र हिमांशु दत्तले संघर्ष गरेका थिए । यद्यपी उनीहरु टिमको स्कोर उच्च बनाउन नपाउँदै पबेलियन फर्केका थिए ।

दत्तले ५० बलमा १६ र पशुरामले ५७ बलमा मात्र २७ रन बनाउन सके ।

सप्तरीका लागि बलिङ गरेका रोहन विक र नितेश यादवले तीन तीन विकेट लिए । यस्तै, अनिल यादवले दुई र अभिषेक कार्कीले एक विकेट लिए । विशाल लक्ष्य पाएका सप्तरी टिम जवाफी ब्याटिङ गर्दा ३९ ओभर दुई बलमा सबै विकेट गुमाएर मात्र एक सय ४९ रन बनाउन सके ।

सप्तरीका लागि राहुल मण्डलले सार्वधिक ४२ बलमा ४० रन, अमित कुमार यादव ३९ बलमा २६ रन र अभिषेक कार्कीले ४३ बलमा १८ रन बनाए । यस टिमका अन्य ब्याट्स म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका अखिलेश ठाकुरले आठ ओभरमा ३४ रन खर्चेर तीन विकेट लिए । यस्तै, रुपेश यादव, अभिजित मण्डल र विक्रान्त यादवले समान दुई दुई विकेट लिए । यस खेलको म्यान अफ दी म्याच धनुषाका अखिलेश ठाकुर घोषित भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]