रौतहट । विगत ६ महिनाको अवधिमा रौतहट प्रहरीले तीन करोड रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।
गएको साउनदेखि पुस मसान्तसम्मको अवधिमा व्यापारीहरुले भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा दुई करोड ९५ लाख ३१ हजार ३३१ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
बरामद सामान भन्सार कार्यालयमा बुझाइएको रौतहटकी डीएसपी एलिजा गिरीले जानकारी दिइन्।