०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

भोलि तराईमधेशमा विश्वकर्मा पुजा , किन मनाइन्छ विश्वकर्मा पुजा ?

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा भोलि असोज १ गते बुधबार तराई मधेश सहित देशैभरी धुमधामका साथ मनाइदैछ ।

उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास रहेको छ। विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ। विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् ।

यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । भगवान विश्वकर्माले नै देवताहरुका लागि अस्त्रहरु, भवनहरु तथा मन्दिरहरुको निर्माण गरेका थिए । उनले सृष्टिको रचनामा भगवान ब्रम्हालाई सहयोग गरेका थिए । उनलाई विश्वकै पहिलो शिल्पकार समेत मानिन्छ । शिल्पकार खासगरी ईन्जिनियरिङ काममा सक्रिय व्यक्तिहरुले उनलाई आफ्ना आराध्य देव मान्दछन् र उनको विशेष पूजा गर्छन् ।

विश्वकर्मा भगवान को हुन् ?

भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको छुटाछुटै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए ।

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । भगवान विश्वकर्माको महत्व यो कुराले पनि सम्झिन सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ ।

उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।

विश्वकर्मा पूजा विधि यस्तो हो ?

बिहान नुहाएपछि चोखो कपडा लगाएर भगवानमा विश्वकर्माको मूर्ति अथवा तस्बिरको अघिल्तिर बस्नु पर्छ । भगवान विश्वकर्माको पूजा-आरती गरेपछि पूजा सामग्रीहरु जस्तै, अक्षता, बेसार, फूल, पान, ल्वाङ, सुपारी, मिठाइ, फल, धूपबत्ति तथा रक्षासूत्र आदिले विधिपूर्वक पूजा गर्नु पर्छ ।

भगवान विश्वकर्माको पूजा गरेपछि सबै हातहतियारलाई बेसार-अक्षता दल्नु पर्छ । त्यसपछि कलशलाई पनि बेसार, अक्षता र रक्षासूत्र चढाउने । त्यसपछि पूजा मन्त्रहरुको उच्चारण गर्ने । पूजा सम्पन्न भएपछि आफ्ना सहकर्मी, छरछिमेक तथा नातेदारहरुलाई पूजाको प्रसादी वितरण गर्नु पर्छ ।

विश्वकर्मा पूजाको महत्व

हरेक वर्ष मेसिन, हात हतियार तथा सवारीसाधनको पूजा गर्नाले तीनिहरु चाँडै बिग्रदैनन् । मेशिन पनि सुचारु रुपमा सञ्चालन हुन्छ, किनभने भगवान विश्वकर्माको त्यसमाथि कृपा बनिरहेको हुन्छ ।

नेपालमा काठमाडौंसहित तराईको प्राय सबै जिल्लाहरुमा विश्वकर्मा पूजा धुमधामका साथ मनाउने गरिन्छ ।

शास्त्रहरु तथा पुराणहरुमा भगवान विश्वकर्मालाई वास्तु शास्त्र तथा यन्त्रहरुको देवता मानिएको छ । हिन्दू परम्परा अनुसार उनको पूजा तथा यज्ञ सम्पूर्ण विधि-विधन अनुसार गरिन्छ । भगवान विश्वकर्माको कृपा पाउनका लागि उनका १ सय ८ नामहरुको पाठक गर्नु निकै नै फलदायी समेत मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]