०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

दुर्घटना न्यूनीकरण गर्न पुलमा लाग्यो सुरक्षा पर्खाल

Logo
न्यूजमधेश प्रकाशित आइतबार, माघ २८, २०८०

विपिन यादव
जनकपुरधाम । इलाका प्रहरी कार्यालय (इप्रका) यदुकुहाको पहलमा दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको छ । रातिका बेला भिजिबिलिटी कम हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न सडक पुलमा सुरक्षा पर्खाल लगाइएको हो ।

इलाका प्रहरी कार्यालय यदुकुहाका निरीक्षक चन्द्रकिशोर साहले यदुकुहा–कमला सडकमा रहेको पुलबाट सवारीसाधर्न र ससाना बालबालिकाहरू झर्ने अत्यधिक जोखिम हुँदा सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहासँग समन्वय गरी इप्रका नजिकको पुलमा सुरक्षा पर्खाल लगाइएको जानकारी दिए ।

सुरक्षा पर्खाल लगाइएको पुल कमला सिँचाइको पश्चिम नहरप्रणाली सुचारु हुने एउटा संरचना हो । पुलमा सुरक्षा पर्खाल लगाइएपछि यात्रा सहज तथा जोखिमरहित हुने विश्वास गरिएको छ ।

सडक दुर्घटना न्यूनीकरण गर्न यदुकुहा प्रहरीले नियमित कामसँगै साइकल, ठेलागाडी, ट्रिपर, लामो तथा छोटो दुरीका सवारीसाधनमा समेत रिफ्लेक्टिभ स्टिकर टाँस गर्ने योजना अघि बढाएको निरीक्षक साहले बताए ।

इप्रका यदुकुहाले आफू बचौँ र अरूलाई बचाउँ भन्ने अभियानअन्तर्गत मोटरसाइकल चालकलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुरा, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी आवश्यक तथा महत्वपूर्ण जानकारी फिल्डमै दिँदै आएको छ ।

जाडोयाममा हुस्सुकुहिरो लागेका बेला सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानीका विषयमा सन्देश साझा गर्नुका साथै बढी दुर्घटना हुने क्षेत्रमा डिभाइडर राखेर आवगमनलाई सहज बनाइएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई गाडी चलाउँदा सिटबेल्ट र हेलमेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नशाजन्य चिजवस्तु सेवन गरी सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारीसाधन नचलाउन आदि एक मिनेट सचेतनामूलक सन्देश दिने काम भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

बढी दुर्घटना हुने स्थान पहिचान गरी न्यूनीकरणका उपाय, सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदा यदुकुहा क्षेत्रमा सवारी दुर्घटनामा कमी आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]