०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

लाहानमा पनि डेंगुका एकजना बिरामी देखियो

Logo
प्रकाशित मंगलबार, भाद्र ३१, २०७६

मनोज बनैता, लाहान । सिरहाको लाहानमा डेङ्गु रोगको प्रकोप फैलिएको छ । अहिलेसम्म लाहान नगरपालिकामा १ जना डेङ्गुका बिरामी देखापरेका छन् ।

लाहान स्थित रा.उ.म अस्पतालमा १ जनामा डेङ्गु प्रमाणीकरण भएको छ । अस्पतालका ल्याब ईन्चार्ज कृष्णदेव गुप्ता ले जानकारी दिएको अनुसार भगवानपुर गाउपालिका – ४ का एकजनामा डेङ्गु देखापरेको छ । नाम नखोल्ने शर्तमा उक्त बिरामीले आफू डेङ्गु प्रभावित भएको स्विकारेका छन । बिरामी एक प्राईभेट बैङ्कमा कार्यरत रहेको खुलेको छ ।

नगरक्षेत्रमा यो रोग देखा परेपछि स्थानीय वासिन्दा भने आतंकित बनेका छन् । डेङ्गुका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकाले त्यस्ता ठाउँहरुको पहिचान गरि त्यसलाई नष्ट गर्नु पर्ने रा.उ अस्पतालका ल्याब ईन्चार्ज कृष्ण देव गुप्ताले जानकारी दिए । उनले भने, ‘घर वरपर फालिएर रहेको खाली वोतल, गाडी तथा मोटरसाइकलका टायरहरु, कुलर, गमला जस्ता ठाउँहरुमा थारै पानी जमेको ठाउँमा पनि सहजै डेङ्गुको लामखुट्टेको वृद्धि विकास हुने भएको हुँदा यस्ता ठाउँहरुको पहिचान गरी त्यसलाई सफा पार्नुपर्छ र लामखुट्टे नियन्त्रणको उपाय अवलम्वन गर्नुपर्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]