०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुरधाम-जयनगर खण्डमा यात्रुवाहक रेल सेवा सञ्चालन गर्न माग

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ २९, २०८०

जनकपुरधाम । तेस्रो मुलुकबाट मालसामान ल्याउन र लैजानका लागि भारतको जयनगरदेखि जनकपुरधामसम्म मालवाहक रेल सेवा सञ्चालन गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले माग गरेको छ ।

संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा व्यापारीहरूले आइतबार नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक निरञ्जन झालाई ज्ञापन पत्र बुझाउँदै मालवाहक रेल सञ्चालन गर्न माग गरेको हो । यात्रुवाहक रेलमा पनि मालवाहक बोगी राख्न संघको माग छ ।

२०७८ चैत्र १९ देखि कुर्था-जनकपुरधाम-जयनगर रेल सञ्चालनमा छ । अहिले सञ्चालनमा रहेको रेलमा यात्रुवाहक बोगी मात्र छ । मालवाहक बोगी नराख्दा भारतबाट मालसमान ढुवानी गर्न नपाएपछि समस्यामा परेको व्यापारीहरू बताउँछन् ।

विगतमा पनि भारतका विभिन्न प्रदेशहरू विहार, उत्तर प्रदेश, पश्चिम बंगाल, आसाम, आन्ध्र प्रदेश, महाराष्ट्रलगायत अन्य प्रदेशहरूबाट मालसामानहरू भारतको (बिहार प्रदेश) जयनगर आउने र त्यहाँबाट यात्रु बाहक बोगी साथै रहेको मालवाहक बोगीमा ढुवानी भई जनकपुरधामसम्म आउने गरेको थियो’, ज्ञापनपत्रमा उल्लेख छ ।

‘जयनगर-भारत-कुर्था-नेपाल’ खण्डमा रेल्वे सेवा सञ्चालन सम्बन्धमा नेपाल र भारतबीच भएको एसओपी सम्झौतामा समेत यात्रुवाहक र मालवाहक रेल सेवा सञ्चालन हुने व्यवस्था रहेकोले यात्रुवाहक रेल सेवा सञ्चालनका लागि ध्यानाकर्षण गराएको संघका अध्यक्ष महासेठले बताए ।

यात्रुवाहक रेल सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाई दिन संघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मधेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र नेपाल उद्योग वाणिज्य महासंघलाई समेत ज्ञापन पत्र पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]