०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सीके राउत पुगे कतार

Logo
न्यूजमधेश प्रकाशित सोमबार, माघ २९, २०८०

कतार । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत कतार आइपुगेका छन् ।

आइतबार बेलुका अध्यक्ष डा.राउत नेपालबाट कतार आएको छ।उनलाई कतारको विमानस्थलमा यहाँ रहेका नेपालीहरुले भव्य स्वागत गरेका हुन।

गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुन अध्यक्ष डा.राउत कतार आएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साह कतारमा स्वागत गर्दै ।

भोलि १३ फरवरी मंगलबार कतारको
अल दोसारी पार्क सनहैयामा बिहान ९ बजेदेखि ५ बजेसम्म सांस्कृतिक कार्यक्रममा हुने तयारी गरिरहेको आयोजन संस्थाले बताए।

सोही कार्यक्रममा सहभागी हुन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत ,पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपक कुमार साह,सांस्कृतिक जनमत संघका केन्द्रिय संयोजक गायक सन्तोष राज सहनीलगाइतका व्यक्तिहरुको उपस्तिथि रहनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]