०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कवाड व्यवसायीलाई होइन कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्छ : सीके राउत

Logo
न्यूज मधेश प्रकाशित आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले कवाड नेतालाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका छन् । ​​​

कवाड व्यवसायीको आन्दोलनमा ऐक्यबद्धता जनाउन महानगरको पुरानो कार्यालय बागदरबार पुगेका डा. राउतले कवाड सोच भएका नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्नुपर्ने बताएका हुन् ।​​

‘कवाड व्यवसायीहरूको आन्दोलनमा जनमत पार्टीको तर्फबाट ऐक्यबद्धता​ छ । कवाड व्यवसायीलाई होइन, कवाड सोच भएका कवाड नेताहरूलाई काठमाडौंबाट विस्थापित गर्ने हो’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘​कवाड व्यवसायीले काठमाडौं सफासुग्घर पारेका छन्, काठमाडौं त भ्रष्ट नेताहरूले डुङडुङती गन्हाउने बनाएको हो ।’

काठमाडौं महानगरपालिकाले व्यवसायीहरूप्रति दमन गरेको भन्दै कवाडी व्यवसायीहरू निरन्तर प्रदर्शनमा छन् ।

अनधिकृत ढंगले कवाड हटाउने कार्य बन्द गर्नुपर्ने, अदालतको निर्णयको कार्यान्वयन गर्नुपर्ने लगायतका काम राखेका छन् ।

आफ्नो क्षेत्रभित्र कतै पनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै महानगरले कवाडी संकलन केन्द्रका लागि बनाएका टहरामा डोजर चलाएपछि उनीहरू आन्दोलित बनेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]