०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषा निर्माण व्यवसायी संघ निर्वाचन: अध्यक्षमा तृपक्षिय भिडन्त अग्रस्थानमा रमेश

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको नयाँ नेतृत्व छनौटका लागि भोलि निर्वाचन हुन गइरहेका छन् । आठ वटा पदमा भोलि उद्योग बाँणिज्य संघको परिसरमा बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत कामेश्वर झाले जानकारी दिए ।

उनका अनुसार बिहान ८ बजेदेखि बेलूका ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको छ । जम्मा ११ सदस्य टीममा दुईजना निर्विरोध निर्वाचित भएका छन् भने ‘ग’ वर्गमा उम्मेदवारी परेको छैन् । उम्मेदवारी नपरेको पदमा कार्यसमितिको निर्णय अनुसार एकजनालाई अध्यक्षले मनोनित गर्नेछ ।

अध्यक्षमा रमेश कुमार यादव, जगदिश महासेठ र अशोक चौधरीले उम्मेदवारी दिएका छन् । अध्यक्षमा तीनजना उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा यादव र चौधरी बीच हुने आकलन धनुषा निर्माण व्यवसायीहरुका छन् । चौधरी यसअघि अध्यक्षमा निर्वाचित भएका थिए भने यादव महासचिवमा । यसपालि अध्यक्ष पदका लागि दुबैजना आमनेसामने भएका छन् । तर यसपट नेतृत्व फेर्ने मूडमा यहाँका व्यवसायीहरु छन् ।

चौधरीले चलाएको कार्यकाल हेरिसकेका छौं, उनले आफ्नो दुईवर्षको कार्यकाल लम्बाइएर पाँच वर्षसम्म अध्यक्षमा आसिन मात्रै रहे । निर्माण व्यवसायको भवन बाहेक व्यवसायीको हकहितमा त्यस्तो कुनै ठोस कार्य नगरेको एक निर्माण व्यवसायी बताउँछन् ।

उनले भने ‘उनी उम्मेरको हिसावले पनि ५० पार गरिसकेका छन् । त्यसैले यसपटक व्यवसायीहरु नेतृत्व परिवर्तन गरी युवालाई नेतृत्वमा ल्याउन चाहेका छन् । दुईजना अधबैंसे उम्मेदवारको बीचमा उम्मेदवारी दिएका छन् रमेश कुमार यादव । हामी व्यवसायीहरुको रोजाइमा रमेश यादव परेका छन् ।’

विगतमा महासचिव बनेर व्यवसायीहरुको बीचमा रहेर गरेको कामका हिसावले पनि रमेश यादव व्यवसायीहरुको पहिलो राजाइँमा परेका छन् । बजारमा चर्चा र व्यवसायीहरुले नेतृत्व परिवर्तनका लागि गरेका अठोट कारण नै रमेश दुई अधबैंसे उम्मेदवारलाई उच्चालेर एक नम्बरमा पुगेका छन् ।

विद्यान अनुसार एकचोटी छनौट भएर आएका टीमको कार्यकाल दुईवर्ष हुनेछ । यद्दपि यो निर्वाचन पाँच वर्षपछि हुदैछ । यसअघि २०७५ साल माघ महिना निर्वाचन भएको थियो ।

निर्वाचन अधिकृत कामेश्वर झाका अनुसार कुल मतदाता ५ सय ९५ रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]