०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

रविलाई सीकेको सुझाव- ०८४ मा दुई तिहाइ भन्नुहुन्थ्यो, जमानत जफत भएपछि अब विचार गर्नुहोला

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, बैशाख १८, २०८१

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् ।

डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ होइन । इलामको मतपरिणामले धेरैको लागि धेरै अर्थ राख्ला तर एउटा कुरा निश्चित् के छ भने यही व्यवस्था रहने हो र नौलो गणतन्त्र नआउने हो भने २०८४ मा पनि कुनै नयाँ कुरा हुनेवाला छैन ।

झन् पुराना पार्टी र पात्रहरूकै बिगबिगी रहनेछ, फेरि गठबन्धनकै सरकार बनिरहनेछन्, प्रदेश सरकारहरू फेरि हरेक महिना दुई-महिनामा ढलिरहनेछन्, गठबन्धनको बैठकमा भागबंडाको विषयले मात्रै प्रवेश पाइराख्नेछ, देशको अर्थतन्त्र र देश डुबिरहनेछ, युवाहरू विदेश पलायन भइराख्नेछन्, र चेतना फैलाउने वा विरोध गर्नेहरू पक्राउ परिराख्नेछन् ।’

निर्वाचनले सम्बद्ध सबैलाई हाल आफू उभिएको धरातल देखाइदिएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘हो, हाम्रो धरातल देखिएको छ । र जनताले पनि पुनर्विचार गर्नु जरूरी छ । मत नयाँलाई नदिने, अनि सारा आकाशपातल उथलपुथल गरिदिने अपेक्षा अझै हामीबाटै गर्ने अलि उचित भयो त ?’

आगामी निर्वाचनमा दुईतिहाइ ल्याउने लक्ष्यका साथ हिँडेको रास्वपाको जमानत जफत भएपछि अब सोच्न आग्रह गरेका छन् ।

रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भनेका छन्, ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नुपर्ने हो, मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुईतिहाइ एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो । बारा र इलाममा जमानत जफत भएको भोग्नु भयो, विचार गर्नुहोला । शुभचिन्तकको नाताले मात्रै खुलेआम भन्दैछु ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]