०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सीके राउत आज धनुषाको औरही आउदैँ

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, बैशाख २१, २०८१

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ।

अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए ।

महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश तथा जनसभा सुरु गर्ने तयारी रहेको हो ।उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं जना नेताकार्यकर्ताहरुले पार्टी प्रवेश गर्ने उनको भनाई रहेको छ।

धनुषा जिल्लाभरीका अगुवा नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश तथा जनसभा कार्यक्रम सहभागी हुनको लागि महिला नेतृ रेखा मण्डलले आग्रह गरेकी छिन् ।

उनी सो कार्यक्रममा युवा,विद्यार्थी ,किसान,गरिब,महिला ,समाजसेवी ,राजनीतिकर्मीसहित आम जनसमुदायलाई कार्यक्रममा सहभागी भई अध्यक्ष डा.सीके राउतको सम्बोधन सुन्नको लागि अनुरोध समेत गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]