०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित शनिबार, बैशाख २२, २०८१

जनकपुरधाम । धनुषामा विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टी धनुषा कार्यसमितिले दिनेश साहको अध्यक्षतामा शुक्रबार औरहीमा राखेको पार्टी प्रवेश तथा जनसभामा कार्यक्रममा उनिहरु प्रवेश गरेका हुन् ।

यसरी पार्टीमा प्रवेश गर्नेमा नेपाली कांग्रेस ,नेपाल कम्युनिस्ट पार्टी (एमाले ),जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता छन् ।

नव प्रवेशी कार्यकर्तालाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरे।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जनमतका अध्यक्ष डा.राउतले एक्सपाइर पुराना पार्टीमा नलाग्न जनतालाई उनले आग्रह गरेका छन् ।

सो कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,पुर्वमन्त्री अनिता देवी साह,जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता तथा पुर्वमन्त्री महेश प्रसाद यादव,गैर आवासीय मधेशी संघका सल्लाहकार जगतलाल मण्डललगाइएका नेताकार्यकर्ताहरुले मन्तव्य राखेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]