०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

आज घर-घरमा सहिदलाई श्रद्धाञ्जली दिएर कालो दिवस मनाउन डा सीके राउतको अपिल

Logo
प्रकाशित शुक्रबार, आश्विन ०३, २०७६

जनकपुरधाम । डा सीके राउत नेतृत्वको जनमत पार्टीले असोज ३ अर्थात आजको दिन कालो दिवसको रुपमा शहिदहरुको बलिदानीलाई सम्मान गर्न घर – घरमा सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न अपिल गरेको छ।

शहीद परिवारलाई मासिक ३० हजार उपलब्ध गराउन, उपचार खर्च दिन, मुद्दा फिर्ता लिन माग गर्दै विगतमा भएको सम्पूर्ण सम्झौताहरु लागू गर्न दबाब दिन घर–घरमा शहीदलाई श्रद्धाञ्जली अर्पण गर्न अपील गरेका छन् ।

त्यसैगरी डा राउतले ‘राइट टू रिकाल’को संवैधानिक व्यवस्था गर्न माग गर्दै । उनले जनमत संग्रह गर्ने व्यवस्थाका लागी ऐन बनाउन पनि माग गरेका छन् । संविधानले जनमत संग्रह गर्न अधिकार दिएको भन्दै ।डा राउतले आवश्यक ऐन बनाउन माग गरेका हुन् ।

संविधानको धारा २७५ मा जनमत संग्रहको व्यवस्था गरिएको भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गर्न आवश्यक ऐन बनाउनु पर्नेमा जोड् दिएका छन् ।

‘नेपालको संविधानको धारा २७५ मा रहेको जनमत संग्रह गर्ने व्यवस्थाका लागि आवश्यक ऐन तयार गर्दै ५ लाख नागरिकले आवश्यक संविधान संशोधनको लागि हस्ताक्षर गरेर बुझाएको खण्डमा सो विषयलाई संघीय संसद्ले जनमत संग्रहमा लग्नुपर्ने प्रावधान ल्याउन जनमत पार्टीले माग गर्दछ,’ सिके राउतले फेसबुकमा लेखेका छन् । साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था मजबूत बनाउँदै र जनभावना अनुरुप सिमांकन सच्चाउनु पर्नेमा समेत जोड् दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]