०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

एबी मल उद्घाटन गर्दै मन्त्री यादवले भने “सिरहाको म ऋणी छु”

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

मनोज बनैता, सिरहा । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले “सिरहा जिल्लाले मेरो राजनैतिक लक्ष्य प्राप्तिमा अतुलनीय योगदान दिएको” कुरा सार्वजनिक रुपमा गरेका छन । साथै उनले भ्रष्टाचार निर्मुलमा सरकार तत्पर रहेको पनि बताएका छन ।

एबि मल सिरहा सुपर मार्केटको गोलबजारमा उद्घाट्न गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो | स्थानीय व्यापारी व्यवसायीहरुले साझा उद्योग संचालन गरेर युवाहरुलाई समेत रोजगारी दिने अभियानमा लागेर सरकारले लिएको समृद्धिको सपना पूरा गर्नको लागि मन्त्री यादव ले एबी मलका संचालक जागीर अन्सारीलाई धन्यवाद एवं शुभकामना समेत दिएका छन ।

फोटो: मनोज बनैता

विदेशमा चार वर्ष चारै दाजुभाई मेहनेत पसिना बगाएर कमाएको करोडौ रकम एबि मल संचालन गरेर सयौ युवाहरुलाई रोजगारी दिने जागीर अन्सारीको जीवनबाट युवाहरूलाई प्रोत्साहन मिल्ने कुरामा मन्त्री यादव दृढ छन ।

पवक्ताहरूले सुन्दर गोलबजार बनाउन एबि मलको संचालनले निकै महत्पूर्ण र गौरवको काम भएकोले अन्य उद्योगी व्यवसायीको लागि समेत लगानी गर्न हौस्याएको बताउनुभयो | गोलबजारमा उद्योग व्यापार संचालनको लागि माहोल बनिरहेको एबि मलको संचालनबाट पुष्टि भएको भन्दै व्यवसायीहरुको सुरक्षा र सम्मान दिन नगरपालिकाले सधैव सहयोग गर्ने विश्वास दिलाउनुभयो |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]