०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

विमलेन्द्र निधिका भान्जाको कब्जामा: जनकपुरमा स्काउटको भवन

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ४ स्थित नेपाल स्काउटको भवन गैरसरकारी संस्थाले हड्पेको खुलेको छ । गैरसरकारी संस्थाले विगत लामो समयदेखि स्काउटको भवन हड्पेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि रहेको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमै टाँसिएर स्काउटको जिल्ला कार्यालय छ । तर अहिले त्यो भवनमा स्काउटको कार्यालय छैन । स्काउटको भवन गैर सरकारी संस्थाले हड्पेपछि अहिले स्काउट प्रदेश कार्यालय भाडामा सञ्चालन भइरहेको छ ।

२०४२ सालमै गुठीको जग्गामा जिल्ला स्काउट कार्यालयको भवन निर्माण भएको थियो । दुई तल्ले पक्की भवनमा अहिले पनि शिलालेख छ । प्रमुख स्काउट श्री ५ अधिकाराजकुमार धीरेन्द्र वीर विक्रम शाह सरकारको बाहुलीबाट गुठी संस्थाको सौजन्यबाट प्राप्त जग्गामा स्थानीय जनसहयोगबाट नेपाल स्काउट जिल्ला कार्यालयको नव निर्मित भवनको समुद्घाटन सुसम्पन्न भयो– शिलालेखमा उल्लेख छ ।

उक्त भवनमा प्रदेश स्काउट कार्यालय राख्न दिइएको छैन । स्काउटका मधेश प्रदेश आयुक्त दिनेश कुमार यादवले चन्दन कौशिक नामका व्यक्तिले स्काउटको भवन कब्जा गरेको बताए । उनका अनुसार कौशिक कांग्रेस नेता विमलेन्द्र निधिका नातामा भान्जा पर्छ । स्काउटको भवनमा कौशिकले नै गैरसरकारी संस्था चलाइरहेका छन् ।

उनले कौशिकसँग पटक पटक सम्पर्क गर्ने प्रयास गर्दा पनि नभएको बताए । उनले भने, ‘स्काउटको भवनमा तीन/चार पटक पुगे । त्यहाँ एउटा एनजिओले कब्जा जमाएको छ । ती एनजीओका व्यक्तिसँग कुरा गर्दा स्काउटलाई भाडा तिर्ने गरेको भने पनि कसलाई भाडा दिने गरेको रसिद माग्दा दिइएन ।’

‘अहिले प्रदेश कार्यालय घर भाडामा लिएर राखेका छौं’, उनले भने, ‘लगभग १६ हजार मासिक भाडा तिर्दै आएको छु । तर आफ्नै स्काउटको आफ्नै भवन भने गैर सरकारी संस्थाले हड्पेको छ ।’

उनका अनुसार नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिले ०७७ असार २८ मै जिल्ला र क्षेत्रिय समितिहरु खारेज गर्दै भोगचलन गरिरहेको सम्पूर्ण चल अचल सम्पत्तिहरु स्वतः सम्बन्धित प्रदेश स्काउट कार्यालय मातहत जाने निर्णय गरिसकेको छ । तर यहाँका जिल्ला कार्यालय भवन प्रदेश मातहत आएको छैन ।

उनले स्काउटको भवन गैरसरकारी संस्थाले अनाधिकृत रुपमा हड्पेको भन्दै उक्त भवन प्रदेश स्काउट कार्यालय मातहतमा ल्याइ कार्यालय सञ्चालनको व्यवस्थापन गराइदिन जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिएका छन् । जिल्ला प्रशासनले ०८१ वैशाख २० मा जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।

स्काउटका प्रदेश आयुक्त यादव भन्छन्, ‘जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि सिडिओ साहेबले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गर्नुभयो । तर प्रहरीले कुनै चासो देखाएको छैन ।’ हड्पेको कार्यालय खाली गराएर स्काउटको प्रदेश कार्यालय सञ्चालनको व्यवस्था मिलाइदिनुपर्यो, तपाईहरु पनि पहल गरिदिनुस्– उनले थपे ।

जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका प्रहरी निरीक्षक उपेन्द्र खत्रीले स्काउटको भवन हड्पेको विषयमा निवेदन नआएको बताए । उनले भने, ‘यस विषयमा मलाई थाहा भएन । म बुझ्छु ।’,

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]