२८ चैत्र २०८१, शनिबार
12-04-2025 , Sat
×

राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : अध्यक्ष नेपाल

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, जेठ ०१, २०८१

काठमाडौँ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् ।

नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन आयोगले समेत मान्यता दिएकोमा असन्तुष्टि पोखे ।

‘समाजवादी मोर्चामा सहभागी भएको एउटा पार्टी विभाजित गरियो । विभाजित गरिएको मात्र होइन । सरकारबाट निकालियो । आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने तपाईंलाई लाग्ला । होइन निकालियो । मुन्ट्याउने काम मात्र भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो,’ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘हिजो काम छँदाको भाँडो काम सकिएपछि ठाँडो भने जस्तै उपेन्द्र यादवको हामीले अवस्था देखिरहेका छौँ ।

तपाईंहरू सबैलाई थाहा छ । केपी ओलीको प्रतिगमनविरुद्ध जुद्धने सिलसिलामा सँगसँगै अगाडि बढेको त्यो पार्टी । निर्वाचन पश्चात् बनेको गठबन्धनको एक महत्त्वपूर्ण घटक त्यो पार्टी विभाजित भयो । विभाजन गरियो । जनता समाजवादी पार्टी नेपालमा नेपाल हटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी निर्माण गरियो । निर्वाचन आयोगले त्यसलाई मान्यता दियो ।’

विभाजन वैधानिक थियो कि थिएन भन्ने कुरा अदालतले नै टुङ्गो लगाउने उनको भनाइ छ । गएको फागुन २१ गते फेरिएको एमाले सहितको नयाँ गठबन्धनमा जसपाले साथ दिएको थियो । सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका यादव अमेरिका र कतार भ्रमण रहेकै बेला विभाजन भएको थियो । विभाजनपछि यादवले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]