०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

जनकपुर घुम्न गएका ३ जना बालिका ३ दिनदेखि बेपत्ता

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १७, २०८१

महोत्तरी । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न भएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्।

बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबार जनकपुर गएदेखि नफर्किएका अभिभावकले बताएका छन्।

इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे।

‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर गएका तीनजना बालिका घर नफर्किएका भनेर अभिभावकले हामीलाई जानकारी गराउनु भएको छ,’ डीएसपी पोखरेलले भने, ‘हामी उनीहरुको खोजी र घटनाको थप अनुसन्धान गरिरहेका छौँ।’

बेपत्ता हुने बालिका एउटा १० वर्षकी छन् भने बाँकी २ जना १३-१३ वर्षका छन्।

उनीहरु बर्दिबासमै रहेको देउराली मावि र ग्लोवल एकेडेमीमा अध्ययनरत रहेका आफन्तले बताएका छन्।

बर्दिबास नगरपालिका- १ का वडाध्यक्ष भोला खड्काले हराएका बालिकाको विषयमा थप बुझ्ने काम आफूले पनि गरिरहेको जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]