०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

विभिन्न पार्टीका सयौं जना जनमत पार्टी प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, जेठ १७, २०८१

जनकपुरधाम । विभिन्न राजनीतिक दलका सयौं जना नेताकार्यकर्ता पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बिहिवार काठमाडौंको मध्य बानेश्वरस्थित रहेको जनमत पार्टीका केन्द्रिय सम्पर्क कार्यलयमा गैर आवासीय मधेशी संघ अन्तरास्ट्रिय समितिका सल्लाहकार जगतलाल मण्डल र दिनेश साहुको पहलमा तराई/मधेशसहित देशकै विभिन्न जिल्लाबाट विभिन्न दलमा लागेका सयौं जना नेताकार्यकर्ताहरु एकैसाथ पार्टी प्रवेश गरेका हुन।

पार्टी प्रवेश गर्नेहरुमा रोल्पाका देवेन्द्र नाथ राउत,मकवानपुरका राधा सिंह क्षेत्री,धनुषाका मोस्तकिम साह मला,भरत साह कलवार,सर्वजित कापर,दिलिप राई,दाङका सृजना बराल ,उदयपुरका सुकु कुमारी तमाङ ,भोजपुरका इन्द्र बहादुर तमाङ्ग,महोत्तरीका शिव कुमार साह,जानकी कुमारी साह,सुजित कुमार साह,बिमलेश कुमार साह,सरोज कुमार सिंह,कृष साह रहेको छ ।

त्यसैगरी सिरहाका हरेराम कुमार साह,जय कुमार साह,दोल्खाका श्याम अधिकारी ,बर्दियाका कृष्ण रिजाल ,उदयपुरका नन्दबहादुर आले मगर,सप्तरीका जिबछ खंग,बर्दियाका बाल कृष्ण चौधरीसहित विभिन्न राजनीतिक दल परित्याग गरि सयौं जना जनमत प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेका नवप्रवेशीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले फुलमाला टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको छ।

उनिहरुलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गर्दै अगामी राजनीतिक यात्राको सफलताको शुभकामनासमेत दिएको छ।

उक्त पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद कुमार सिंह,राष्ट्रिय सचीव अनिता देवी साह,केन्द्रिय सदस्य हरेन्द्र चौधरीलगाइतका नेताहरुको उपस्थित रहेको पार्टीका नेता दिनेश साहुले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]