०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

चुरे संरक्षणको माग गर्दै राजधानीमा र्‍याली

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

काठमाडौं । चुरे तथा वन जोगाउन अभियानमा जुटेको चुरे संरक्षण पदयात्रा समूहले राजधानी काठमाडौँमा र्‍याली निकालेको छ।

सप्तरीबाट २५ दिनको पैदलयात्रा पूरा राजधानी आइपुगेको पदयात्रा समूहले समग्र देश र मधेसलाई मरुभूमि हुनबाट जोगाउन चुरो दोहनलाई तत्काल रोक्न माग गर्दै आएको छ। सोही समूहले शनिबार र्‍याली निकालेको हो।

तराई(मधेसको मुख्य पानीको स्रोतका रूपमा रहेको चुरेबाट रोडा, ढुङ्गा र गिट्टी निकाल्ने नाममा भइरहेको दोहनका कारण तराई मरुभूमिमा परिणत हुने सम्भावना बढेकाले त्यस क्षेत्रका किसान टोली राज्यलाई दबाब दिन पदयात्रा गर्दै केही दिनअघि काठमाडौँ आइपुगका थिए।

उनीहरुले चुरे वन जंगल संरक्षण–संवर्द्धन, दलित भूमिहीन तथा सुकुम्बासीको भूमि अधिकारको माग तथा चुरेको अवैध उत्खनन, सिर्सियालगायका नदी प्रदूषण एवं अतिक्रमण रोक्न दबाब सिर्जना गर्ने हेतुले सप्तरीको भारदहबाट बाराको पतथलैया हुँदै काठमाडौँसम्मको पदयात्रा गरेका थिए।

विगत केही वर्ष चुरे क्षेत्रबाट नदीजन्य पदार्थ गिट्टी, रोडा, ढुङ्गा उत्खनन र निकासीमा रोक लगाएकामा पछिल्लो समय त्यसमा फुकुवा गरेपछि आसपासका जनता अवैध उत्खननलाई रोक्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन्। पछिल्लो समय तराईमा पानीको सतह घटेकाले कतिपय ठाउँमा खानेपानीकै समस्य विकराल रूपमा देखिएको छ।

पदयात्राका टोलीका राष्ट्रिय संयोजक सुनिल यादवले १० दिनदेखि माइतीघर मण्डलामा चुरे संरक्षणका मुद्दा लिएर धर्नामा बस्दासमेत सरकारले बेवास्ता गरेको गुनासो गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]