२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

मधेसका २ मन्त्री फिर्ता बोलाउँदै एकीकृत समाजवादी

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

जसपाका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेपछि एकीकृत समाजवादीले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने तयारी गरेको हो ।

मधेस प्रदेश सरकारबाट एमाले र माओवादी फिर्ता भैसकेका छन् । सो प्रदेशमा नयाँ समीकरणअनुसार एमाले, माओवादी केन्द्र जनमत र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ ।

सोही तयारी अनुसार एकीकृत समाजवादीले यादव नेतृत्वको सरकारमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुङ्गेलीलाई फिर्ता बोलाउने तयारी गरेको एकीकृत समाजवादीका एक पदाधिकारीले बताए ।

‘आज हाम्रो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने र नयाँ सरकार गठन गर्ने तयारी छ’, ति पदाधिकारीले भने, ‘नयाँ सरकार जनमतको नेतृत्वमा बन्छ ।’

यद्यपि सरकारबाट फिर्ता हुनेबारे पार्टी नेतृत्वबाट आइतबार बिहानसम्म कुनै सूचना आइनसकेको मन्त्री न्यौपानेले बताए । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मधेसमा नयाँ सरकार गठन गर्ने केन्द्रीय सहमति भएकाले सहमति पालना गर्नुको विकल्प नभएको बताए ।

‘केन्द्रीय सहमति अनुसार मधेसमा नयाँ सरकार बन्छ । नयाँ सरकार बन्ने भएपछि हाल सरकारमा रहेका हाम्रा मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ’, खनालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]