२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

जनमतको नेतृत्वमा नयाँ सरकार गठन गर्न ६३ सांसदले ध्यानाकर्षण गराउँदै

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २०, २०८१

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउन ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले प्रदेश प्रमुख भण्डारीलाई आज बेलुकासम्म ध्यानाकर्षणपत्र बुझाउने तयारी गरेको हो ।

नयाँ सरकार गठनका लागि सहमति जुटाउन केही दिनदेखि एमाले संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका नेता भरतप्रसाद साह, जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव काठमाडौंमा छन् । लोसपा र नेकपा एस जनमतको नेतृत्वमा आउन सहमत भएपछि उनीहरू आज जनकपुरधाम फर्किदैछन् ।

नयाँ सरकार गठनका लागि ६३ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई आजै ध्यानाकर्षणपत्र बुझाउने एमाले संसदीय दलका नेता यादवले बताए । नेकपा एसका सांसदहरू त थाहै छैन् भन्छन् नी भन्ने जिज्ञासामा उनले भने, ‘अहिले भर्खरै कुरा भयो । सहमति भइसकेको छ । उहाँहरूले पनि हस्ताक्षर गर्न गर्नुहुन्छ ।’

मधेशमा जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतको सरकार चलाइरहेका छन् । माओवादी र एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार जेष्ठ २९ गतेभित्र विश्वासको मत लिनुपर्छ ।

जेठ २१ गते प्रदेशसभाको तेस्रो अधिवेशन सुरू हुँदैछ । २३ गने उनले विश्वासको मत लिने जानकारी प्रदेशसभालाई गराइसकेका छन् । तर, त्यसअघि नै नयाँ सरकार बनाउने तयारीमा गठबन्धन लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]