०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेश प्रदेशसभा बैठकमा जनमतको अवरोध, १० मिनेटका लागि बैठक स्थगित

Logo
न्यूज मधेश प्रकाशित सोमबार, जेठ २१, २०८१

जनकपुरधाम । मधेश प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै प्रतिपक्षी दल जनमत पार्टीले अबरुद्ध गरेको छ ।

सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय भवनको शिलान्यास समारोहमा मन्त्रीमाथि भएको आक्रमण घटनाको छानविन गर्न समिति बनाउनुपर्ने भन्दै जनमतका सांसदहरु प्रदेशसभा बैठक अबरुद्ध गरेका थिए ।

तेस्रो अधिवेशन आह्वान गरिएको र मन्त्रिपरिषद् पुनर्गठन गरिएको पत्र सभामुख रामचन्द्र मण्डलले पढेर सुनाएलगत्तै जनमतका सांसदहरु बैठक अबरुद्ध गरे । बैठक अबरुद्ध भएपछि सभामुख मण्डलले १० मिनेटका लागि स्थगित गरेका छन् ।

बैठकमा जनमतका सांसद संजय यादवले कृषि विश्वविद्यालय भवनको शिलान्यासको क्रममा भएको घटनाको छानविन गर्न पटक पटक माग राख्दा पनि वेवास्ता गर्दा बाध्य भएर सदन अबरुद्ध गर्नुपरेको बताएका थिए ।

गत माघ ८ गते कृषि विश्व विद्यालयको भवन शिलान्यास क्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु प्रहरीको बल प्रयोगमा घाइते भएका थिए । त्यस घटना पश्चात् सदन चल्ने बेला जनमतले छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]