०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मुख्यमन्त्री यादवको प्रस्ताव सभामुखद्वारा अस्वीकार, सदन चल्ने

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेस प्रदेशसभाले मुख्यमन्त्री सरोजकुमार यादवको प्रस्तावलाई अस्वीकार गरेको छ । प्रदेश सभाबाट आज लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्ने मुख्यमन्त्री यादवको प्रस्तावलाई सदनले अस्वीकार गरेको हो ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले गरेको प्रस्ताव विश्वासको मतको कार्यसूची सार्ने प्रस्ताव तत्काल पूरा नगर्ने बताए । उनका अनुसार सदन सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र मुख्यमन्त्री यादवले विश्वासको मतको कार्यसूची सार्न आग्रह गरेका थिए ।

उनले भने, ‘मुख्यमन्त्रीबाट आएको प्रस्तावमा हामीले छलफल चलायौँ, सबै सल्लाह फरक फरक आयो । त्यसकारण मैले आज सदन स्थगन नगरेर चलाउने निर्णय गरे ।’

सभामुख मण्डलले अब केहीबेरमा सदन सुरु गर्ने बताए । उनले भने, ‘हामी केही बेरमा सदनको बैठक सुरु गर्छौ, प्रदेश सरकारबाट केही आउनुभएन भने वा कसैले विरोध गरेमा केही घण्टाका लागि पुनः सदन स्थगित गर्छौ । तर आज भनिएको कार्यसूची अनुसारको काम रोकिँदैन ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]