०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेशमा जसपा सत्ताबाट आउट,सरोज यादवले पाएनन् विश्वासको मत

Logo
न्यूज मधेश प्रकाशित बुधबार, जेठ २३, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशसभामा विश्वासको मत पाउन असफल भएका छन् ।

मुख्यमन्त्री यादवले प्रदेश सभामा विश्वासको मत पाउँ भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावलाई प्रदेश सभाले अस्वीकृत गरेको छ ।

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री यादवले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएको घोषणा गरे । उनले मुख्यमन्त्रीमाथि विश्वास रहेको भन्दै पक्षमा ५० र विश्वास नरहेको भन्दै विपक्षमा ५३ मत परेको बताए । उनका अनुसार कूल १०३ सांसद बैठकमा उपस्थित थिए ।

जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।

गत वैशाख ३० मा नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा जेष्ठ २२ मा नेकपा एसले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएको थियो । त्यसअघि उनको दल जसपा नेपाल विभाजन भएकोले आजै विश्वासको मत लिनुपरेको छ ।

यादव ०७९ पौष २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन हेरफेरका कारण चार पटकसम्म विश्वासको मत पाएका उनी पाँचौं पटकमा असफल बनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]