०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेशका नवनियुक्त मुख्यमत्री सिंहले भने- भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउँछौं

Logo
न्यूज मधेश प्रकाशित शुक्रबार, जेठ २५, २०८१

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले संघीयतामाथि हुने प्रहार रोक्ने र सुशासन कायम राख्ने विषय मुख्य प्राथमिकता रहेको बताएका छन् ।

पद तथा गोपनियताको शपथग्रहण लगत्तै उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गर्दै आफ्नो प्राथमिकताबारे जानकारी गराए । उनले विगत ६ वर्षदेखि ट्रेण्ड बदल्ने बताए । उनले भने, ‘अहिले कोलेब्रेशनको सरकार छ । विगतमा पनि कुनै एक दलसँग बहुमत थिएन । अहिले पनि छैन । त्यसैले सबैसँग सहकार्य गरी अगाडी बढ्नुपर्छ ।’

जनमत पार्टीका सिंह ६ दलको समर्थनमा मुख्यमन्त्री बनेका छन् । विभागिय एउटै मन्त्रालय नराखेको जिज्ञासामा उनले भने, ‘११ को ११ विभागिय आफैंसँग राख्न सकिदैन । मुख्यमन्त्री कार्यालयमा बजेट थन्काएर हुँदैन । सबै मन्त्रालयमा मन्त्रीहरुलाई अनरशिप दिएर र आफू पनि सबै मन्त्रालयको अनरशिप लिएर काम गर्नुछ ।’

उनले प्रदेशमा दर्ता मिडियामा कार्यरत पत्रकारहरुको दुर्घटना विमा गर्नेदेखि खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउनेसम्मको निर्णय गरेका छन् । हेर्नुहोस् उनले गरेका ८ निर्णय :

१. मधेश प्रदेशको १३६ वटै पालिकाका बाँझो जग्गालाई उपयोग गरी नमूना कृषि विकास मोडल लागु गर्न कृषि समूह सहकारी वा निजी साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने ।

२. मधेश प्रदेशका प्रत्येक जिल्लामा नमूनाको रुपमा एउटा ठूला शैक्षिक पार्क तयार पार्ने ।

३. मधेश प्रदेशको तथ्यांकलाई भरपर्दो र विश्वसनीय बनाउन आफ्नै डिजिटल तथ्यांक बैंक स्थापना गर्ने ।

४. वैदेशिक रोजगारबाट शिप सिकेर फर्केका जनशक्तिका लागि श्रम बैंकको रुपमा परिचालन गर्ने । शिपलाई श्रमसँग जोड्ने कार्यक्रम ल्याउने ।

५. दिगो विकासको योजना तयार गरी देश वा विदेशका लगानी आकर्षण गर्न मधेश प्रदेश लगानी सम्मेलन गर्ने ।

६. मधेशमा सुशासनको जग स्थापित गर्न खोजमूलक पत्रकारिता प्रवद्र्धन गर्दै प्रदेश सरकार र मिडिया साझेदारी कार्यक्रम सञ्चालन गर्ने ।

७. मधेशमा दर्ता भएका मिडियामा कार्यरत पत्रकारहरुको दुर्घटना विमा गर्ने ।

८. मधेशका खेल क्षेत्रलाई गतिशिल बनाउनका लागि प्रदेश गौरवका आयोजनाको रुपमा रंगशाला निर्माण गर्ने र खेलाडीहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]