२३ चैत्र २०८१, सोमबार
07-04-2025 , Mon
×

जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्छौः मुख्यमन्त्री सिंह

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ २६, २०८१

जनकपुरधाम। मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको जानकी मन्दिरको योजनाबद्ध तरिकाले विकास गर्ने बताएका छन्।

मुख्यमन्त्री पदको शुक्रबार शपथग्रहण तथा पदभारपछि जानकी माताको दर्शन गरेका उनले मन्दिर परिसरमा संक्षिप्त कुराकानी गर्दै भने, ‘माता जानकी मन्दिरको अवस्थाबारेमा मलाई केही जानकारी छ। त्यस सम्बन्धमा मन्दिर व्यवस्थापन पक्षसँग विकासका योजनाहरु माग गरेको छु।’

मन्दिर व्यवस्थापन पक्षले जानकी मन्दिरको दिगो विकासका लागि अल्पकालीन तथा दीर्घकालीन स्पष्ट योजना ल्याएमा सो योजना पूरा गर्ने आश्वासनसमेत दिए।

जानकी मन्दिरको विकास भएमा त्यहाँ धार्मिक पर्यटक बढ्नाका साथै मधेस प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने उल्लेख गर्दै मधेस प्रदेशको सप्तरीमा रहेको छिन्नमस्ता भगवती तथा बारामा रहेको गढीमाई मन्दिरको समेत विकास गरी पर्यटक तान्ने वातावरण बनाउन आवश्यक रहेको उनको भनाइ रहेको छ।

यसअघि उनले शुक्रबार मन्दिर व्यवस्थापन पक्षसँग छलफलका साथै मन्दिरको अवस्थाबारे जानकारी समेत लिएका थिए।

सोही अवसरमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकी मन्दिरको महत्व तथा गरिमालाई अगाडि बढाउनका लागि भारतमा भएको रामायण सर्किटको विकास गरेजस्तै सीता सर्किटको समेत विकास गर्नुपर्ने मुख्यमन्त्रीलाई आग्रह गरे। हाल जानकी मन्दिरमा दैनिक एक हजारभन्दा बढी बाहिरी जिल्लाबाट दर्शन तथा अवलोकनका लागि आउने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]