०६ कार्तिक २०८१, बुधबार
23-10-2024 , Wed
×

भ्रष्टाचार नियन्त्रणमा मुख्यमन्त्री सिंहको जोड

Logo
न्यूज मधेश प्रकाशित आइतबार, जेठ २७, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताएका छन् ।

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्टै शनिवार गृहजिल्ला सप्तरीमा सञ्चारकर्मीहरुसित कुराकानीका क्रममा उनले यस्तो बताएका छन् ।

मधेशमा विगतमा उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढेको, पैसा खाएर योजना नै बिक्री गर्ने गरिएको जस्ताविकृतिप्रति जनगुनासो बढेको भन्दै उनले सरकारले यस प्रकारका अबैध गतिबिधि नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने उल्लेख गरे।

प्रदेशमा संस्थागत रुपमा रहेको भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख कार्य रहने बताउँदै उनले सरकारको यस अभियानमा सञ्चार क्षेत्र, राजनीतिक दल लगायत सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको जिकिर गरे।

विगतका कमजोरीलाई मात्र कोट्याएर मधेशमा केही हुन सक्दैन भन्ने नकारात्मक कुरा मात्र प्रवाह गर्ने भन्दा पनि अब नयाँ सोचका साथ सञ्चार क्षेत्रले सकारात्मक कुरालाई पनि जनसमक्ष पुर्याउन जरुरी रहेको भन्दै उनले सकारात्मक सोचका साथ अघि बढ्नमा सञ्चार जगतले पनि भूमिका खेल्न आवश्यक रहेको उल्लेख गरे।

मुख्यमन्त्री र अर्थमन्त्री बाहेक मधेश प्रदेशमा अरु कसैको केही नचल्ने भनि केही महिना अघि पत्रकार सम्मेलनमा बताएका सिंहको भनाइ उल्लेख गर्दै पत्रकारहरुले अहिले फरक दलको अर्थमन्त्री रहेको अवस्थामा कसरी काम गर्नु हुन्छ ? भनि राखिएको जिज्ञासामा उनले अहिले कुनै एक दलको बहुमतको सरकार नरहेको अवस्थामा मिलेर काम गर्नुको विकल्प नरहने भएकाले भ्रष्टाचार नियन्त्रणलाई साझा संकल्पका रुपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

चालु आर्थिक वर्ष समाप्तिको चरणमा रहेकोले सम्पूर्ण क्याबिनेट र सचिव फुल टाईम बसेर बजेट, नीति तथा कार्यक्रम निर्माणमा लाग्ने बताए । उनले मधेश प्रदेशका एक सय ३६ वटै पालिकामा किसानका लागि एक एकवटा विशिष्ठ रुपको कृषि प्याकेजको कार्यक्रम ल्याउने जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]